समाचार

टिभी कार्यक्रम

मत अभिमत

पाल्पाको सदरमुकाम तानसेनमा छायाँकन गरिएको मत अभिमतको नयाँ शृंखला । यो शृँखला नयाँ संविधानको कार्यान्वयन साथै पाल्पाको स्थानीय विकासको बिषयमा केन्द्रित छ ।

टेलिभिजन कार्यक्रम मत अभिमत नेपाल टेलिभिजनबाट हरेक बिहीबार राति ९:३० बजे प्रशारण हुन्छ । यसको सबै शृंखला यूट्युवमार्फत पनि हेर्न सकिन्छ ।

शृंखला १३
अन्य शृंखला हेर्नुहोस्
रेडियो कार्यक्रम

मत अभिमत

निकै लामो संघर्ष र प्रतिक्षापछि नेपाली जनताले संविधान पाएको एक वर्ष भयो । नेपाली जनताका विविधतायुक्त चाहना र भावनालाई सम्बोधन गरिएको भनिएको संविधान जारी भएसँगै देशमा स्थिरता र स्थायित्व कायम हुने कुरामा जनताहरु विश्वस्त भएका थिए । यदपी संविधान संशोधनका विभिन्न पक्षहरुलाई समयमै टुङ्गाउन नेपालका राजनीतिक दलहरु असफल भएका छन् । संविधान जारी भएको एक वर्षको अवधिमा पाल्पाका जनताले कतिको फरक अनुभुती गर्न पाएका छन् त ? मत अभिमतको यो अंक संविधान कार्यान्वयनका जटिलता तथा विकासका विभिन्न आयाममा केन्द्रित छ ।
परिवर्तन तथा संविधान कार्यान्वयनका जटिलताका विषयमा पाल्पाका सरोकारवालाहरुसँग गरीएको छलफलमा आजको कार्यक्रम आधारित छ ।

शृंखला १३