व्यवसायिक पत्रकारिता अध्ययन केन्द्र (सीपिजेएस)ले कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका स्थित शुक्लाफााटा एफएमको सभा हलमा एक छलफल कार्यक्रमको आयोजना गरेको थियो ।

राज्य निर्माण र चुनौतीहरु विषयक उक्त छलफल कार्यक्रममा सहभागी हुन कञ्चनपुरका विभिन्न राजनीतिक दलका नेताहरु, थारु अगुवा, बुुद्धिजिवि, युवा सञ्जाल, विद्यार्थी, मुक्त कमैया, पत्रकार लगायत विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने सहभागीहरु उपस्थित थिए ।

कञ्चनपुरमा बसेर लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकार चित्रांग थापाले थारु समुदायका अगुवाहरुसाग बसेर राज्यले साक्षात्कार गर्नुपर्ने बताए । संघीय राज्य निर्माणको क्रममा सीमांकनका मुद्दालाई टुागोमा पुर्याउन आदिबासी, मधेसी तथा थारुहरुसँगबसेर छलफल नगरी राज्य एकलौटि ढंगले अघि बढेकोले नै तराई मधेसमा द्वन्द्वको अवस्था आएको उनको भनाइ थियो ।

गतवर्ष टिकापुरमा भएको अकल्पनीय घटनाले कञ्चनपुरका थारुहरुमा पनि त्रास र असन्तुष्टीको अवस्था देखिएको थापाले बताए । तर बाहिर समाचारमा आएजस्तो कञ्चनपुरमा पहाडे र थारु समुदाय बिच सद्भाव नखल्बलिएको उनको दावी थियो ।

थारु बुद्धिजीवि एवं पत्रकार बलबहादुर डंगौरा राजनीतिक दलका नेताहरुले थारु आन्दोलनका मागका विषयमा सञ्चारमाध्यममा थुप्रै कुरा आए पनि राज्य एवं राजनीतिक दल ति मागप्रति गम्भीर नहुादा थारुहरु राज्य प्रति सशंकित एवं असन्तुष्ट रहेको बताए ।

राना थारु संघर्ष समितिका अध्यक्ष भोज रानाले राजनीतिक दलले थारुका मागलाई सम्बोधन गर्नुको साटो राना थारु र डंगौरा थारुका बीच फाटो ल्याउने प्रयास गरेको आरोप लगाए । उनले त्यस प्रकारको प्रयासलाई कुनै हालतमा सफल हुन नदिन सम्पूर्ण थारुहरुलाई कार्यक्रम मार्फत अपिल पनि गरे ।

थरुहट तराई पार्टीका किर्तीबहादुर थापा मगरले थारु समुदायलाई राज्यले सधै विभेद गर्ने गरेको आरोप लगाए । जसका विरुद्ध आफुहरुले उठाएका मागहरुलाई राज्यले सुन्ने नगरेको र आफ्नो आन्दोलनलाई जातीय नारा दिएर ओझेलमा पार्न खोजेको थापाले बताए ।

थारुहरु जाति र उनीहरुको सांस्कृतिक परम्पराहरु हराउादै जानुमा राज्यले उनीहरुको संस्कृतिलाई सम्मान नगर्नुको परिणाम रहेको कार्यक्रममा उपस्थित थुप्रै सहभागीहरुको आरोप थियो । बडघर र भलमन्सा प्रथा थारुहरुको परापूर्व काल देखि चलिआएको परम्परा हो ।

तर स्थानीय निकायको गठन भएसागै यो परम्परा आझेलमा पर्न गएको थारु समुदायको आरोप रहेको छ ।

तमलोपाका केन्द्रीय सदस्य प्रेमवती राना आफूहरुले थारुहरुको मागलाई केन्द्रमा स्थापित गर्न थुप्रै प्रयास गरे पनि बहुमतले निर्णय गर्ने हुादा आफ्ना कुराहरु स्थापित हुन नसकेको बताए । मुक्त कमैया हेमन्ती चौधरीले आफूहरुलाई राज्यले मुक्त घोषित गरे पनि अझै कमैया जस्तै जीवन गुजारा गरिरहनु परेको बताए ।

राज्यले कमैयालाई मुक्त गर्ने घोषणासागै उनीहरुको उन्मुक्तिका लागि जग्गा घरजस्ता विभिन्न सुविधाहरु दिइने घोषणा गर्यो । तर हेमन्ती चौधरीको भोगाईमा ती घोषणाहरु मिठो नारा मात्र हुन् ।