cpjs2टेलिभिजन कार्यक्रम मत अभिमतको छायाँकन काठमाडौंमा गरिएको छ । गत वर्ष कैलालीको टिकापुरमा भएको थारु आन्दोलन, गत वर्ष भएको मधेस आन्दोलन, विकास निर्माणमा हुने गरेको ढिलासुस्तीसहितलगायतका बिषयमा छलफल केन्द्रित थियो ।

कार्यक्रममा एमाले सांसद तथा संसदको विकास समिति सभापति रविन्द्र अधिकारी, सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमन, तमलोपाका सांसद जितेन्द्र सोनल, कांग्रेस नेता प्रदीप पौडेल, फोरम लोकतान्त्रिका सांसद योगेन्द्र चौधरी र राजनीतिशास्त्री डा. सुरेन्द्र केसी प्यानलिष्टको रुपमा सहभागी थिए ।

साथै, मत अभिमत कार्यक्रमका निर्देशक किशोर नेपाल, पत्रकार ऋषिकेश दाहाल र विश्लेषक तुलानारायण साहसमेत प्यानलिष्टको रुपमा छलफलमा सहभागी थिए ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणको सहभागिता थियो ।

बत्तीसपुतलीको शिल्पी थियटरमा गरिएको छलफल नेपाल टेलिभिजनबाट हरेक बिहीबार राति ९ : ३० बजे प्रशारण हुने कार्यक्रम मत अभिमतमार्फत प्रशारण हुनेछ ।

टेलिभिजन मत अभिमतको शृंखलाहरु यूट्युवमा पनि हेर्न सकिन्छ ।