• प्रतिवेदनमा के छ पढ्नुहाेस्

CPJSगत वर्ष भदौं ७ गते कैलालीको टीकापुरमा भएको थारु आन्दोलनको क्रममा ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएपछि प्रहरीले थारु समुदायप्रति नै बदलाको भाव लिएर व्यवहार गरेको आरोप मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था एम्नेष्टी इन्टरनेशनलले दाबी गरेको छ ।

एम्नेष्टीले आफ्नो प्रतिवेदनमा प्रहरीले थारु समुदायका मानिसलाई गैरकानुनी पक्राउ, यादना र दुव्र्यवहार गरेको उल्लेख गरेको छ । उसले कैलालीको धनगढी जेलमा रहेका कैदीबन्दीहरुसंग गरेको अन्तर्वार्ताको आधारमा प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ ।

गत वर्ष थारुहरुले छुट्टै थरुहट प्रदेशको माग गर्दै प्रदर्शन गर्ने क्रममा झडप भएको थियो ।

एम्नेष्टीले सार्वजनिक गरेको प्रतिवेदन डाउनलोड गरी पढ्नुहोस् ।

प्रतिवेदनबारे एम्नेष्टीले आफ्नो वेबसाइटमा राखेको समाचार पढ्नुहोस् ।

टीकापुर घटनामा केन्द्रित भएर सीपीजेएसले तयार पारेको टेलिभिजन कार्यक्रम मत अभिमत हेर्नुहोस् ।

 
नेपाल प्रहरीले भने एम्नेष्टीको प्रतिवेदनमा सत्यता नभएको दाबी गर्दै प्रष्टीकरण दिएको छ ।

एम्नेष्टीकाे प्रतिवेदनमाथि प्रहरीले दिएकाे जवाफ पढ्न यहाँ क्लिक गर्नुहाेस् ।