व्यवसायिक पत्रकारिता अध्ययन केन्द्र (सिपिजेएस)ले सिरहा जिल्लाको गोलबजार नगरपालिकामा मत अभिमत छलफल कार्यक्रम आयोजना गरेको छ । सिरहा जिल्लाको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक समस्या र अन्य विविध विषयमा केन्द्रित उत्त कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका नेता, शिक्षाविद्, नागरिक समाजका प्रतिनिधी, अधिकारकर्मी, विभिन्न पेशा तथा व्यवसाय सम्बद्ध व्यक्ति, बुद्धिजीवि, सञ्चारकर्मी र स्थानीय बासिन्दाको सहभागितामा रहेको थियो । छलफल क्रममा सबै सहभागीले आ–आफ्ना क्षेत्रका समस्याहरु व्यक्त गरेका थिए ।

छलफलमा बोल्दै वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका स्थानीय सत्यनारायण यादवले सिरहाका अधिकांश मानिसहरुको आयस्तर न्यून भएकोले विदेशीनु बाध्यता भएको सुनाए । आफ्नै पेशा वा व्यवसाय सञ्चालन गर्न ईच्छा भएपनि आवश्यक पूाजी तथा वातावरणको अभावमा युवाहरु विदेशीएको उनको बुझाई छ ।

राजनीतिकर्मी संजीव कुमार यादव भन्छन्, “समानुपातीक, समावेशी, पहिचान मधेशी जनताको माग तथा अधिकार समेटिएका कुराहरु केन्द्रमा स्थापित गर्न पहल भईरहेको छ । तर लामो समयको प्रयास पछि पनि यो कुरा केन्द्रमा स्थापित नहुनुले राज्य असफल भएको उनको बुझाई छ ।”

माओवादि केन्द्रका अजिर मान थापाले केन्द्रको राजनीतिले नै जिल्लाको राजनीतिक गतिवीधि सञ्चालन हुने र मधेसी, जनजाती, दलितको अधिकार स्थापित हुने कुरा जहिाको तहिा भएकोले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भईसकेपछि यि कुराहरु चााडै सम्बोधन हुने विश्वास व्यक्त गरे । थापाले सरकार परिवर्तन पछि जनजाति, महिला तथा सिंगो मधेसको समस्या सुल्झाएर संविधान कार्यान्वय गर्ने र स्थानिय निकायको निर्वाचन हुने कुरामा केहि अपेक्षा बढेको बताए ।

सिमांकनको कुरा पुर्नविचार गर्ने बारेमा केन्द्रले सोच्न थालेको कारण मधेस आन्दोलन उपलब्धिमुलक रहेको राजनीतिकर्मी विनोद कुमार रायको भनाइ थियो । अर्का राजनीतिकर्मी धनपति महतो भन्छन्, “केन्द्रमा बसेका नेताहरुले जे कुरा गरेपनि मधेसका नेताहरुले सहमती जनाउादै अघि बढ्दा पनि मधेसको राजनीति सबल बन्न नसकेको हो ।”

मधेश आन्दोलनको कारण निर्वाध रुपमा व्यापार व्यवसाय सञ्चालन गर्न नपाएको स्थानीय व्यापारीहरुले गुनासो गरेका थिए । छलफलमा सहभागि रुपा आलेले सिरहामा महिला हिंसाका घटना बढेको सुनाईन् । अशिक्षा, जनचेतनाको कमी, सहभागितामुलक कार्यक्रम नहुादा दाईजोप्रथा, बालविवाह, चेलीवेटी बेचविखनका घटनाहरुले प्रसय पाईरहादा समस्या परेको आलेको भनाइ थियो ।

फोटो : मत अभमितमा आफ्नो विचार राख्दै सत्यनारायण मण्डल ।