सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक कालोपत्रे गरेको तीन पुगेकै छैन। सडकमा खाल्टाखुल्टी परेका छन्। भत्किएका खाल्डामा वर्षाको पानी जम्दा सवारी साधन चलाउन गाह्रो पर्न थालेको छ। साउने झरीमा मर्मत कार्य भइरहेको छ।

सो सडक काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ ११-११ मिटर विस्तार गरी कालोपत्रे गरेको थियो। एक महिनापछि सडकका ठाउँ ठाउँमा कालोपेत्र उक्किएको थियो। सडकमा खाल्टाखुल्टी परेका थिए।

‘मूलको पानीले सडक बिगार्‍यो’
सडक ‘लामा बिल्डर्स, बिरुवा च्याङ्मिला जेभी’ले कालोपत्रे गरेका हुन्। ‘सडकको केन्द्रमा बर्खे भेल कटाउन राखिएको ढलका कारण सडकमा खाल्टाखुल्टी भएछ’, काठमाडौं उपत्यका सडक विस्तार आयोजना प्रमुख मनोज श्रेष्ठले भने, ‘ढुङ्गेधारामा फोहर फालेकाले मूलको पानी सेतो पुलका दुवै भागमा गएर बिग्रिएछ।’

साउने झरीमा खाल्टाखुल्टी भएको सडक मर्मत गराइरहेका ठेकेदार कम्पनीका प्रतिनिधिद्वय बद्री खड्का र तुलसी वाग्लेले सडक गुणस्तरहीन बनाएकाले एक महिना नपुग्दै भत्किएका विषयमा प्रतिक्रिया माग्दा केही बोल्न चाहेनन्। रासस