नेपालमा विकासको नारा मात्रै सुनिन्छ तर विकास भने हुन्न । के भूमिगत शक्तिकेन्द्र जसको पहुँचमा स्रोत छ उनीहरुकोकारणले विकास नभएको हो ? बत्तीसपुतलीस्थित शिल्पी थियटरमा सोमबार आयोजित मत अभिमतको छलफल कार्यक्रममा राजनीतिशास्त्री डा. सुरेन्द्र केसीलाई प्रश्न गर्दा उनले भूमिगत शक्तिका कारण शासन सञ्चालन गर्नेको इच्छाशक्तिको कारण विकास हुन नसकेको विश्लेषण गरे । उनी भन्छन्,‘समग्र देशको हितभन्दा एक पक्ष वा समुदायको मात्रै भलो सोच्ने प्रवृत्तिले यस्तो अवस्था आएको हो ।’ उनले नेपालका राजनीतिज्ञहरुको चारित्रिक रुपान्तरणको आवश्यकता देखिएको धारणा राखे । कार्यक्रममा प्यानलिष्टको रुपमा सहभागी एमाले सांसद तथा विकास समितिका सभापति रविन्द्र… पुरा पढ्नुहोस्


-किशाेर नेपाल दुई दशकअघि होटल हीरा–प्लाजा वीरगन्ज शहरको ‘हव’ थियो । सुन्दर कलाकृति, काठले बनेका कलात्मक फर्निचर, सजावटसहितको बाथरुम र सुविधाजनक बिछ्यौनाले सजिएका कोठाहरू यो होटलका आकर्षण थिए । वीरगन्जका उद्योगपति स्वर्गीय हीरा गिरिको स्वामित्वको यो होटलको लक्ष्य पर्यटकहरूलाई भन्दा पनि आर्थिक र राजनीतिक क्षेत्रका हस्तीहरूलाई सेवा र सुविधा उपलब्ध गराउनु थियो । होटल खुलेको केही समयपछि हिन्दी सिनेमाका चर्चित अभिनेता तथा कांग्रेस (आई) का नेता तथा भारतको तत्कालीन केन्द्रीय सरकारका खेलमन्त्री स्वर्गीय सुनीलदत्त वीरगन्ज हुँदै काठमाडौं जाने क्रममा यही होटलमा बास बसेका थिए । यो घटना होटलका लागि महत्त्वपूर्ण… पुरा पढ्नुहोस्


नेपालमा पछिल्लो समयमा निकै चर्चामा आउने गरेको र कतिपय नेताहरुले नै भन्ने गरेको वाक्य हो-यो देशमा एउटा इमान्दार तानाशाह जन्मिए हुन्थ्यो । तानाशाह इमान्दार हुन्छ कि हुँदैन ? यो बहसकै विषय हो । तर, टर्कीमा हालै त्यहाँको सेनाले गरेको ‘कू’ २४ घण्टा पनि टिक्न नसकेपछि अर्को राजनीतिक प्रश्न जन्मेको छ । इस्लामिक अतिवाद रोक्न र धर्म निरपेक्षता जोगाउन टर्कीको सेनाले गरेको सत्ता कब्जा ठीक कि बेठीक ? अमेरिका र युरोपेली युनियनले देखावटीरुपमै भए पनि सैनिक ‘कू’ अस्वीकार गरिसकेपछि सायद यो प्रश्नको जवाफ मिलिसकेको होला । तर, टर्कीका राष्ट्रपतिले थालेको राजनीतिक… पुरा पढ्नुहोस्


-शिव गाउँले विराटनगरका वरिष्ठ अधिवक्ता माधव भट्टराई प्रधानन्यायाधीश सुशीला कार्कीलाई २०३७ सालदेखि राम्ररी चिन्छन् । एउटै ल फर्ममा काम नगरे पनि समकालीन हुन्, भट्टराई र कार्की । कार्कीको कानुन व्यवसायको यात्रा धरानबाट सुरु भएको थियो । राजनीतिज्ञ दुर्गा सुवेदीसँगको विवाहपछि ल फर्म विराटनगरको मधुमारास्थित आफ्नै घरमा सर्‍यो । व्यक्तिको जीवनका ऊर्जाशील ३५ वर्षको समय भनेको झन्डै सिङ्गो जीवनकाल नै हो । कस्तो लाग्छ, सुशीला कार्की उनलाई ? भट्टराई भन्छन्, ‘केही गर्छु भन्ने आँट छ, इमानदार छन् । इष्टमित्रले अनुचित फाइदा उठाउन खोजेनन् भने उनले राम्रै गर्छिन् ।’ वरिष्ठ अधिवक्ता भट्टराईले… पुरा पढ्नुहोस्