टेलिभिजन कार्यक्रम मत अभिमतको छायाँकन काठमाडौंमा गरिएको छ । गत वर्ष कैलालीको टिकापुरमा भएको थारु आन्दोलन, गत वर्ष भएको मधेस आन्दोलन, विकास निर्माणमा हुने गरेको ढिलासुस्तीसहितलगायतका बिषयमा छलफल केन्द्रित थियो । कार्यक्रममा एमाले सांसद तथा संसदको विकास समिति सभापति रविन्द्र अधिकारी, सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमन, तमलोपाका सांसद जितेन्द्र सोनल, कांग्रेस नेता प्रदीप पौडेल, फोरम लोकतान्त्रिका सांसद योगेन्द्र चौधरी र राजनीतिशास्त्री डा. सुरेन्द्र केसी प्यानलिष्टको रुपमा सहभागी थिए । साथै, मत अभिमत कार्यक्रमका निर्देशक किशोर नेपाल, पत्रकार ऋषिकेश दाहाल र विश्लेषक तुलानारायण साहसमेत प्यानलिष्टको रुपमा छलफलमा सहभागी थिए । कार्यक्रममा… पुरा पढ्नुहोस्


प्रतिवेदनमा के छ पढ्नुहाेस् गत वर्ष भदौं ७ गते कैलालीको टीकापुरमा भएको थारु आन्दोलनको क्रममा ८ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएपछि प्रहरीले थारु समुदायप्रति नै बदलाको भाव लिएर व्यवहार गरेको आरोप मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था एम्नेष्टी इन्टरनेशनलले दाबी गरेको छ । एम्नेष्टीले आफ्नो प्रतिवेदनमा प्रहरीले थारु समुदायका मानिसलाई गैरकानुनी पक्राउ, यादना र दुव्र्यवहार गरेको उल्लेख गरेको छ । उसले कैलालीको धनगढी जेलमा रहेका कैदीबन्दीहरुसंग गरेको अन्तर्वार्ताको आधारमा प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ । गत वर्ष थारुहरुले छुट्टै थरुहट प्रदेशको माग गर्दै प्रदर्शन गर्ने क्रममा झडप भएको थियो । एम्नेष्टीले… पुरा पढ्नुहोस्


व्यवसायिक पत्रकारिता अध्ययन केन्द्र (सीपिजेएस)ले कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका स्थित शुक्लाफााटा एफएमको सभा हलमा एक छलफल कार्यक्रमको आयोजना गरेको थियो । राज्य निर्माण र चुनौतीहरु विषयक उक्त छलफल कार्यक्रममा सहभागी हुन कञ्चनपुरका विभिन्न राजनीतिक दलका नेताहरु, थारु अगुवा, बुुद्धिजिवि, युवा सञ्जाल, विद्यार्थी, मुक्त कमैया, पत्रकार लगायत विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने सहभागीहरु उपस्थित थिए । कञ्चनपुरमा बसेर लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकार चित्रांग थापाले थारु समुदायका अगुवाहरुसाग बसेर राज्यले साक्षात्कार गर्नुपर्ने बताए । संघीय राज्य निर्माणको क्रममा सीमांकनका मुद्दालाई टुागोमा पुर्याउन आदिबासी, मधेसी तथा थारुहरुसँगबसेर छलफल नगरी राज्य एकलौटि ढंगले अघि… पुरा पढ्नुहोस्


सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक कालोपत्रे गरेको तीन पुगेकै छैन। सडकमा खाल्टाखुल्टी परेका छन्। भत्किएका खाल्डामा वर्षाको पानी जम्दा सवारी साधन चलाउन गाह्रो पर्न थालेको छ। साउने झरीमा मर्मत कार्य भइरहेको छ। सो सडक काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ ११-११ मिटर विस्तार गरी कालोपत्रे गरेको थियो। एक महिनापछि सडकका ठाउँ ठाउँमा कालोपेत्र उक्किएको थियो। सडकमा खाल्टाखुल्टी परेका थिए। सेतोपुल–पुरानो बानेश्वर–सिनामङ्गल सडक कालोपत्रे गरेको तीन पुगेकै छैन। सडकमा खाल्टाखुल्टी परेका छन्। भत्किएका खाल्डामा वर्षाको पानी जम्दा सवारी साधन चलाउन गाह्रो पर्न थालेको छ। साउने झरीमा मर्मत कार्य भइरहेको छ। सो… पुरा पढ्नुहोस्


सरकारले दुई महिनाअघि जारी गरेको राष्ट्रिय सुरक्षा नीतिमा भएका कमीकमजोरीलाई सुधार गरेर लैजाने प्रतिबद्धता रक्षा मन्त्रालयले जनाएको छ । गत वैशाख ३० को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सुरक्षा नीति २०७३ पारित गरेको थियो । 'नीति राष्ट्रको साझा सम्पत्ति हो । यसमा भएका कमीकमजोरीलाई समयसापेक्ष सुधार गर्दै लैजानुपर्छ,' उपप्रधान तथा रक्षामन्त्री भीम रावलले भने, 'हामी सुझावअनुसार संशोधन गर्छौं ।' मन्त्रालय र सुरक्षा परिषदको सचिवालयले गत असार ३० मा गरेको गोष्ठीमा मन्त्री रावलले सुरक्षा नीति हतार-हतारमा ल्याइएको स्वीकार गर्दै भने, 'ल्याउनुअघि नै छलफल गरेको भए, नीति जारी नहुन सक्थ्यो । पहिले -२०६७ सालमा)… पुरा पढ्नुहोस्


-शिव गाउँले विराटनगरका वरिष्ठ अधिवक्ता माधव भट्टराई प्रधानन्यायाधीश सुशीला कार्कीलाई २०३७ सालदेखि राम्ररी चिन्छन् । एउटै ल फर्ममा काम नगरे पनि समकालीन हुन्, भट्टराई र कार्की । कार्कीको कानुन व्यवसायको यात्रा धरानबाट सुरु भएको थियो । राजनीतिज्ञ दुर्गा सुवेदीसँगको विवाहपछि ल फर्म विराटनगरको मधुमारास्थित आफ्नै घरमा सर्‍यो । व्यक्तिको जीवनका ऊर्जाशील ३५ वर्षको समय भनेको झन्डै सिङ्गो जीवनकाल नै हो । कस्तो लाग्छ, सुशीला कार्की उनलाई ? भट्टराई भन्छन्, ‘केही गर्छु भन्ने आँट छ, इमानदार छन् । इष्टमित्रले अनुचित फाइदा उठाउन खोजेनन् भने उनले राम्रै गर्छिन् ।’ वरिष्ठ अधिवक्ता भट्टराईले… पुरा पढ्नुहोस्


२०७३, जेठ-व्यवसायिक पत्रकारिता अध्ययन केन्द्रले कैलालीको टिकापुरमा एक छलफल कार्यक्रमको आयोजना गरेको थियो । मत अभिमत टेलिभिजन कार्यक्रमको छायाँकनसमेत गरिएको उक्त कार्यक्रममा टीकापुरका राजनीतिक नेता, उद्योगी, कृषि व्यवसायी, पत्रकार, पीडित, सुरक्षा निकायका प्रमुख, शिक्षक, विद्यार्थी, नागरिक समाज तथा थारु अगुवाहरुको उपस्थिति थियो ।   ०७२ भदौ ७ र ८ मा भएको हिंसात्मक आन्दोलनको घटनापछि टिकापुरमा थारु र अन्य समुदायबीच बीच अझै सद्भाव कायम हुन सकेको छैन । छलफल कार्यक्रममा थारु समुदायका थुप्रै व्यक्तिहरुलाई बोलाइए पनि केही प्रतिनिधी मात्रै उपस्थित थिए । टीकापुर घटनापछि त्यहाँको समाज विखण्डित रहेको र स्थानीयहरुबीच विगतको… पुरा पढ्नुहोस्


सीतादेवी कठरियाका पति सुन्दरलाल विगत १० महिनादेखि धनगढी जेलमा छन्। टीकापुरसँगै जोडिएको कञ्चनपुर, मुनुवा–१ गाउँका भलमन्साले पोहोर साल भदौ ७ गतेको जुलुसमा एक परिवारबाट एकजना व्यक्ति अनिवार्य रूपले सहभागी हुनैपर्ने आदेश जारी गरेपछि उनका पतिले समुदायको अनुशासन तोडेनन्। जुलुसमा गए।   जुलुस अनियन्त्रित भएपछि गोली चल्यो। सुन्दरलाललाई गोली लाग्यो। उनको घाइते शरीरलाई रेडक्रसले अस्पताल लिएर गयो। उनले यो घटनाको पत्तै पाइनन्। सहरमा कफ्र्यु लागेको थियो। कफ्र्युपछि मात्र उनले आफ्ना पति घाइते भएर अस्पतालमा रहेको थाहा पाइन्।   यसबीच दुई–तीन भ्यानमा प्रहरीहरू आए र घरको खानतलासी गरे। बाकस, दराज केही बाँकी… पुरा पढ्नुहोस्