रेडियो कार्यक्रम मत अभिमत - श्रृंखला ३०

काठमाडौंमा आयोजित मतअभिमत कार्यक्रममा नेपाली कांग्रेसका सांसद् उदय शमसेर जबरा, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल, मधेस विज्ञ तथा पूर्व राजदुत विजयकान्त कर्ण, पत्रकार तथा स्थानीय बुद्धिजीविहरुको सहभागिता थियो ।

रेडियो कार्यक्रम मत अभिमत - श्रृंखला २७

दार्चुला सदरमुकाममा आयोजना गरिएको छलफलमा आधारीत रेडियो कार्यक्रम । कार्यक्रम महाकाली पिडित स्थानीय जनता, सिमा क्षेत्रमा बस्दाको समस्यामा केन्द्रित थियो ।

रेडियो कार्यक्रम मत अभिमत - श्रृंखला २६

कार्यक्रमको यो श्रृंखलामा अछाम जिल्लाको साँफेबगरमा आयोजना गरिएको छलफलका सहभागीहरुको आवाज समेटिएको छ । साँफे नयाँ शहर बन्ने भएपछि यहाँ बसाईं सराइ गरि गएका स्थानीय उज्वल भविष्यको आशमा जिल्ला फर्किन थालेका छन् । तर नयाँ शहरको गुरु योजना अझै बन्न नसक्दा स्थानीयहरु अन्योलमा छन् । आर्थिक विकास र प्राकृतिक विपत्तीका विभिन्न विषयमा स्थानीयले आफ्ना भनाइ कार्यक्रममा राखेका थिए ।

रेडियो कार्यक्रम मत अभिमत - श्रृंखला २५

रेडियो कार्यक्रम मत अभिमत - श्रृंखला २४

काठमाडौंमा आयोजना गरिएको मतअभिमत कार्यक्रममा सहभागी संविधानविद् एवं वरिष्ठ कानूनविद्हरुका बिच भएको छलफलमा आधारीत रेडियो कार्यक्रम ।

रेडियो कार्यक्रम मत अभिमत - श्रृंखला २०

जोमसोममा आयोजित छलफलमा आधारित यो कार्यक्रम जोमसोमको विकास गतिविधि र पर्यटकीय संभावनाको विषयमा केन्द्रित छ ।

रेडियो कार्यक्रम मत अभिमत - रेडियो कार्यक्रम मत अभिमत – श्रृंखला १४

बुटवलका जनताको आवाज समेटिएको यो कार्यक्रममा संविधान कार्यान्वयन, सवारी दुर्घटना, सिन्डिकेट लगायत विविध विषयमा केन्द्रित रहेको छ ।

रेडियो कार्यक्रम मत अभिमत - श्रृंखला १३

निकै लामो संघर्ष र प्रतिक्षापछि नेपाली जनताले संविधान पाएको एक वर्ष भयो । नेपाली जनताका विविधतायुक्त चाहना र भावनालाई सम्बोधन गरिएको भनिएको संविधान जारी भएसँगै देशमा स्थिरता र स्थायित्व कायम हुने कुरामा जनताहरु विश्वस्त भएका थिए । यदपी संविधान संशोधनका विभिन्न पक्षहरुलाई समयमै टुङ्गाउन नेपालका राजनीतिक दलहरु असफल भएका छन् । संविधान जारी भएको एक वर्षको अवधिमा पाल्पाका जनताले कतिको फरक अनुभुती गर्न पाएका छन् त ? मत अभिमतको यो अंक संविधान कार्यान्वयनका जटिलता तथा विकासका विभिन्न आयाममा केन्द्रित छ । परिवर्तन तथा संविधान कार्यान्वयनका जटिलताका विषयमा पाल्पाका सरोकारवालाहरुसँग गरीएको छलफलमा आजको कार्यक्रम आधारित छ ।

रेडियो कार्यक्रम मत अभिमत - शृंखला १२

भूकम्पले अति प्रभावित मध्येको एक गोरखा जिल्लामा तयार पारिएको रेडियो कार्यक्रम मत अभिमतको नयाँ शृंखला । यो शृंखला गत वर्षको विनाशकारी भूकम्पले गोरखामा पुर्‍याएको क्षति, भूकम्प पीडितको अहिलेको अवस्था र उनीहरुलाई राहत दिने प्रक्रियामा भइरहेको ढिलाइको बिषयमा केन्द्रित छ ।

रेडियो कार्यक्रम मत अभिमत - शृंखला ११

काठमाडौंमा आयोजित छलफलको आधारमा तयार पारिएको रेडियो कार्यक्रम मत अभिमतको नयाँ शृंखला ।

रेडियो कार्यक्रम मत अभिमत - शृखंला १०

नेपालको पुरानो शहर जनकपुरमा तयार पारिएको रेडियो कार्यक्रम मत अभिमतको नयाँ शृंखला । यो शृंखलामा हामीले जनकपुरको विकासको अवस्था साथै गत वर्ष भएको तराई आन्दोलनको बिषयमा चर्चा गरेका छौं ।

रेडियो कार्यक्रम मत अभिमत - शृंखला ९

सिरहाको गोलबजारमा तयार पारिएको रेडियो कार्यक्रम मत अभिमतको नयाँ शृंखला सुन्नुहोस् । रेडियो कार्यक्रम आइतबार बिहान ७ : ३० ऊज्यालो ९० एफएमसहित देशभरका रेडियोबाट प्रशारण हुन्छ । मत अभिमत साउन्ड क्लाउडमा सुन्न यो लिंकमा जानूहोस् ।

रेडियो कार्यक्रम मत अभिमत - मत अभिमत – ८

सुनसरीकाे इनरूवामा छायांकन गरिएकाे रेडियाे कार्यक्रम मत अभिमतकाे नयाँ शृंखला । याे शृंखला सिरहाकाे सामाजिक, अार्थिक र राजनैतिक अवस्थाकाे बिषयमा केन्द्रित छ ।

रेडियो कार्यक्रम मत अभिमत - रेडियाे कार्यक्रम

बारा जिल्लाकाे मुसहर बस्तीमा तयार पारिएकाे रेडियाे कार्यक्रम मत अभिमतकाे नयाँ शृंखला ।

रेडियो कार्यक्रम मत अभिमत - शृंखला ६

नेपालकाे प्रमुख व्यापारिक नाका वीरगञ्जमा गरिएकाे छलफलमा अाधारित रेडियाे कार्यक्रम मत-अभिमतकाे नयाँ शृंखला ।

रेडियो कार्यक्रम मत अभिमत - शृंखला ५

नवलपरासीका गाविसमध्ये सबैभन्दा धेरै विद्यालय भएकाे गाविस हाे देउवराली । राजमार्गबाट पनि याे धेरै टाढा छैन । तैपनि गाविसकाे चुनाैति धेरै छन् । सुन्नुहाेस् नवलपरासीकाे देउराली गाविसमा तयार पारिएकाे मत-अभिमत रेडियाे कार्यक्रमकाे नयाँ शृंखला ।

रेडियो कार्यक्रम मत अभिमत - शृंखला ४

नेपालगञ्जमा आयोजित छलफलका आधारमा तयार पारिएको रेडियो कार्यक्रम मत-अभिमतको नयाँ शृंखला ।

रेडियो कार्यक्रम मत अभिमत - शृंखला ३

बर्दियाको ठाकुरद्वारामा आयोजित छलफल कार्यक्रमको आधारमा तयार पारिएको रेडियो कार्यक्रम मत अभिमतको नयाँ शृंखला । मत अभिमतको यो शृंखला बर्दियाको पर्यटनको बिषयमा केन्द्रित छ ।

रेडियो कार्यक्रम मत अभिमत - शृंखला २

रेडियो कार्यक्रम मत अभिमत - शृंखला १

टीकापुर घटनाबारे तयार पारिएकाे मत-अभिमत रेडियाे श्ंखला । ०७२ भदौ ७ र ८ मा भएको हिंसात्मक आन्दोलनको घटनापछि टिकापुरमा थारु र अन्य समुदायबीच बीच अझै सद्भाव कायम हुन सकेको छैन ।