सरकारले दुई महिनाअघि जारी गरेको राष्ट्रिय सुरक्षा नीतिमा भएका कमीकमजोरीलाई सुधार गरेर लैजाने प्रतिबद्धता रक्षा मन्त्रालयले जनाएको छ । गत वैशाख ३० को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सुरक्षा नीति २०७३ पारित गरेको थियो । 'नीति राष्ट्रको साझा सम्पत्ति हो । यसमा भएका कमीकमजोरीलाई समयसापेक्ष सुधार गर्दै लैजानुपर्छ,' उपप्रधान तथा रक्षामन्त्री भीम रावलले भने, 'हामी सुझावअनुसार संशोधन गर्छौं ।' मन्त्रालय र सुरक्षा परिषदको सचिवालयले गत असार ३० मा गरेको गोष्ठीमा मन्त्री रावलले सुरक्षा नीति हतार-हतारमा ल्याइएको स्वीकार गर्दै भने, 'ल्याउनुअघि नै छलफल गरेको भए, नीति जारी नहुन सक्थ्यो । पहिले -२०६७ सालमा)… पुरा पढ्नुहोस्