व्यवसायिक पत्रकारिता अध्ययन केन्द्र (सिपिजेएस)ले सिरहा जिल्लाको गोलबजार नगरपालिकामा मत अभिमत छलफल कार्यक्रम आयोजना गरेको छ । सिरहा जिल्लाको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक समस्या र अन्य विविध विषयमा केन्द्रित उत्त कार्यक्रममा जिल्लाका विभिन्न राजनीतिक दलका नेता, शिक्षाविद्, नागरिक समाजका प्रतिनिधी, अधिकारकर्मी, विभिन्न पेशा तथा व्यवसाय सम्बद्ध व्यक्ति, बुद्धिजीवि, सञ्चारकर्मी र स्थानीय बासिन्दाको सहभागितामा रहेको थियो । छलफल क्रममा सबै सहभागीले आ–आफ्ना क्षेत्रका समस्याहरु व्यक्त गरेका थिए । छलफलमा बोल्दै वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका स्थानीय सत्यनारायण यादवले सिरहाका अधिकांश मानिसहरुको आयस्तर न्यून भएकोले विदेशीनु बाध्यता भएको सुनाए । आफ्नै पेशा… पुरा पढ्नुहोस्


नेपालको प्रमुख आर्थिक व्यापारीक नगरीको रुपमा परिचित वीरगंज शहरलाई गेट वे अफ नेपाल अर्थात् नेपालको प्रवेशद्धार पनि भनिन्छ । आर्थिक नगरी वीरगंजमा अधिकार प्राप्तिको लागि भएको करिब ६ महिना लामो मधेस आन्दोलनले पारेको प्रभाव बुझ्न तथा त्यहाँका स्थानीय तथा व्यापारीहरुको मत अभिमत बुझ्न एक छलफल कार्यक्रम आयोजना गरिएको थियो । छलफलमा अधिकांश व्यापारी, उद्योगपति, महिला व्यवसायी, उद्यमी, राजनीतिक दलका नेता, बुद्धिजीवि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी महिला व्यवसायी कुमारी सोनी पासवानले छलफलमा बोल्दै मधेश आन्दोलनको समयमा सबै व्यवसायीले आफ्नो व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्ने वातावरण नभएको बताइन् ।… पुरा पढ्नुहोस्


● ऋषिकेश दाहाल- तस्बिरले कते पनि रेडियोको संकेत गर्दैन। रेडियोको द्वारैमा ढलेको साइनबोर्ड यथावत छ। कुनै बेला कैलालीमात्र होइनसँगै जोडिएका जिल्ला र सुदूर पश्चिमको पहाडी जिल्लाहरुसम्म पनि आफ्ना ध्वनी तरङ्ग फैलाउँदै सूचना र सञ्चारको प्रवाह गर्ने यो रेडियो यतिखेर म्युट झै छ। पहिले यसमा समाचार बज्थे अहिले यो नै समाचार बनेको छ। फूलबारी एफएमको प्राङ्गणमा पूर्णकदको सालिक थियो गोपाल भुटानीको। नीर शाहले त्यसको अनावरण गरेका थिए। एफएमकै बगैँचामा रुखहरु थिए जुनसँग विभिन्न मानिसको नाता जोडिएको थियो। श्रष्टाका नाममा रोपिएका थिए विरुवा। यहाँ पुग्ने जो कोही पनि एफएमसँगै यसको बाहिरी वातावरणबाट… पुरा पढ्नुहोस्


-किशाेर नेपाल दुई दशकअघि होटल हीरा–प्लाजा वीरगन्ज शहरको ‘हव’ थियो । सुन्दर कलाकृति, काठले बनेका कलात्मक फर्निचर, सजावटसहितको बाथरुम र सुविधाजनक बिछ्यौनाले सजिएका कोठाहरू यो होटलका आकर्षण थिए । वीरगन्जका उद्योगपति स्वर्गीय हीरा गिरिको स्वामित्वको यो होटलको लक्ष्य पर्यटकहरूलाई भन्दा पनि आर्थिक र राजनीतिक क्षेत्रका हस्तीहरूलाई सेवा र सुविधा उपलब्ध गराउनु थियो । होटल खुलेको केही समयपछि हिन्दी सिनेमाका चर्चित अभिनेता तथा कांग्रेस (आई) का नेता तथा भारतको तत्कालीन केन्द्रीय सरकारका खेलमन्त्री स्वर्गीय सुनीलदत्त वीरगन्ज हुँदै काठमाडौं जाने क्रममा यही होटलमा बास बसेका थिए । यो घटना होटलका लागि महत्त्वपूर्ण… पुरा पढ्नुहोस्


नेपालमा पछिल्लो समयमा निकै चर्चामा आउने गरेको र कतिपय नेताहरुले नै भन्ने गरेको वाक्य हो-यो देशमा एउटा इमान्दार तानाशाह जन्मिए हुन्थ्यो । तानाशाह इमान्दार हुन्छ कि हुँदैन ? यो बहसकै विषय हो । तर, टर्कीमा हालै त्यहाँको सेनाले गरेको ‘कू’ २४ घण्टा पनि टिक्न नसकेपछि अर्को राजनीतिक प्रश्न जन्मेको छ । इस्लामिक अतिवाद रोक्न र धर्म निरपेक्षता जोगाउन टर्कीको सेनाले गरेको सत्ता कब्जा ठीक कि बेठीक ? अमेरिका र युरोपेली युनियनले देखावटीरुपमै भए पनि सैनिक ‘कू’ अस्वीकार गरिसकेपछि सायद यो प्रश्नको जवाफ मिलिसकेको होला । तर, टर्कीका राष्ट्रपतिले थालेको राजनीतिक… पुरा पढ्नुहोस्


सरकारले दुई महिनाअघि जारी गरेको राष्ट्रिय सुरक्षा नीतिमा भएका कमीकमजोरीलाई सुधार गरेर लैजाने प्रतिबद्धता रक्षा मन्त्रालयले जनाएको छ । गत वैशाख ३० को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सुरक्षा नीति २०७३ पारित गरेको थियो । 'नीति राष्ट्रको साझा सम्पत्ति हो । यसमा भएका कमीकमजोरीलाई समयसापेक्ष सुधार गर्दै लैजानुपर्छ,' उपप्रधान तथा रक्षामन्त्री भीम रावलले भने, 'हामी सुझावअनुसार संशोधन गर्छौं ।' मन्त्रालय र सुरक्षा परिषदको सचिवालयले गत असार ३० मा गरेको गोष्ठीमा मन्त्री रावलले सुरक्षा नीति हतार-हतारमा ल्याइएको स्वीकार गर्दै भने, 'ल्याउनुअघि नै छलफल गरेको भए, नीति जारी नहुन सक्थ्यो । पहिले -२०६७ सालमा)… पुरा पढ्नुहोस्


-शिव गाउँले विराटनगरका वरिष्ठ अधिवक्ता माधव भट्टराई प्रधानन्यायाधीश सुशीला कार्कीलाई २०३७ सालदेखि राम्ररी चिन्छन् । एउटै ल फर्ममा काम नगरे पनि समकालीन हुन्, भट्टराई र कार्की । कार्कीको कानुन व्यवसायको यात्रा धरानबाट सुरु भएको थियो । राजनीतिज्ञ दुर्गा सुवेदीसँगको विवाहपछि ल फर्म विराटनगरको मधुमारास्थित आफ्नै घरमा सर्‍यो । व्यक्तिको जीवनका ऊर्जाशील ३५ वर्षको समय भनेको झन्डै सिङ्गो जीवनकाल नै हो । कस्तो लाग्छ, सुशीला कार्की उनलाई ? भट्टराई भन्छन्, ‘केही गर्छु भन्ने आँट छ, इमानदार छन् । इष्टमित्रले अनुचित फाइदा उठाउन खोजेनन् भने उनले राम्रै गर्छिन् ।’ वरिष्ठ अधिवक्ता भट्टराईले… पुरा पढ्नुहोस्


सीतादेवी कठरियाका पति सुन्दरलाल विगत १० महिनादेखि धनगढी जेलमा छन्। टीकापुरसँगै जोडिएको कञ्चनपुर, मुनुवा–१ गाउँका भलमन्साले पोहोर साल भदौ ७ गतेको जुलुसमा एक परिवारबाट एकजना व्यक्ति अनिवार्य रूपले सहभागी हुनैपर्ने आदेश जारी गरेपछि उनका पतिले समुदायको अनुशासन तोडेनन्। जुलुसमा गए।   जुलुस अनियन्त्रित भएपछि गोली चल्यो। सुन्दरलाललाई गोली लाग्यो। उनको घाइते शरीरलाई रेडक्रसले अस्पताल लिएर गयो। उनले यो घटनाको पत्तै पाइनन्। सहरमा कफ्र्यु लागेको थियो। कफ्र्युपछि मात्र उनले आफ्ना पति घाइते भएर अस्पतालमा रहेको थाहा पाइन्।   यसबीच दुई–तीन भ्यानमा प्रहरीहरू आए र घरको खानतलासी गरे। बाकस, दराज केही बाँकी… पुरा पढ्नुहोस्